मँसिर १ गौरीगञ्ज । गौरीगञ्जका पुराना राजनैतिक अगुवा तथा तत्कालिन गाबिस अध्यक्ष घनश्याम रिजाल एमालेमा प्रवेश गरेका छन् । गौरीगञ्जको खजुरगाछी बजारमा आयोजित एमाले को चुनाबी सभामा नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाइ फुलमाला सहित एमालेमा स्वागत गरेका छन् । उनि सँगै अन्य दल परित्याग गरि सयौको सँख्यामा एमालेमा प्रवेश गरेका छन् ।
रिजाल पञ्चायत काल देखि नै आफ्नो जीवनकालको लामो समयसम्म नेपाली काँग्रेस पार्टी भित्र रहेर गौरीगञ्ज क्षेत्रमा पार्टीलाइ हुर्काउने काम गरेका थिए । उनि ततेकालिन गौरीगञ्ज गाबिसका पहिलो अध्यक्ष समेत बनेका थिए । नयाँ सम्बिधान जारी भएपछी गाबिसहरुलाइ गाधेर स्थानिय तह गठन गर्दा गौरीगञ्जलाइ गौरादहमा गाभ्न हुदैन गौरीगञ्जलाइ छुट्टै पालिकाको रुपमा यसको अस्तित्व जोगाउनु पर्छ भन्ने पक्षमा अग्र पँत्तिमा उभिएका थिए । उनकै प्रयासमा २०७३ सालमा गौरीगञ्जले छुट्टै गाउँपालिकाका रुपमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल भएको थियो ।
गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काँग्रेस पार्टीको माथिल्लो तहका नेतृत्वबाट मनमुटाव भएपछी उनि जनता समाजबादी पार्टीमा प्रवेश गरेका थिए ।