झापा, कार्तिक ९ । गौरीगञ्जमा थप ९ जनामा सँक्रमण पुष्टी भएको कुरा जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइँले जनाएको छन् । बिराटनगर स्थित नोबेल अस्पतालको प्रयोगशालामा स्वाब परिक्षण गराएका उनिहरुमा आज सँक्रमण पुष्टी भएको र सँक्रमितहरु वडा नँ १ र वडा नँ ६ को रहेको कुरा चौलागाइँले जनाएकाछन् । जिल्ला स्वास्थ्य कार्यालय झापा ले सँक्रमितहरु वडा नँ १ र ६ को रहेको जनाएपनि एक जना ६२ वर्षिय सँक्रमित वडा नँ ३ को र केहि सँक्रमित वडा नँ २ को रहेको बुझिएको छ ।


गौरीगञ्जका ९ सहित आज झापामा १ सय ५१ जनामा सँक्रमण पुष्टी भएको छ । झापामा यो सँख्या अहिलेसम्मकै सर्वाधिक हो ।
१ सय ५१ मध्ये ५५ महिला र ९६ जना पुरुष रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी दमकका रहेका छन् । दमकमा ६६ जनालाई संक्रमण देखिएको हो । दमकका संक्रमितहरु २५ महिला र ४१ पुरुष छन् । उनीहरु १ देखि ९ नं वडाका भएको जनाइएको छ । दमकपछि बिर्तामोडमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । बिर्तामोडमा २० महिला र २२ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु वडा नं १ , ४ , ५ र १० का भएको जनाइएको छ । त्यस्तै गौरादहमा ११ मेचीनगरमा ७ , कमलमा ५ ,कनकाईमा ४ , हल्दिबारीमा ३ ,शिवसताक्षी र भद्रपुरमा २—२ जना रहेका छन् । भद्रपुरमा एकजना सशस्त्र प्रहरी रहेको जनाइएको छ । योसँगै झापामा कोरोना संक्रमितको सँख्या १७४५ पुगेको छ भने त्यसमध्ये १०९० जना निको भएका छन् ।