गौरीगञ्जका एक फार्मेसी सञ्चालक माथी बलात्कार आरोप : आरोपित फरार
कार्तिक १६ गौरीगञ्ज । गौरीगञ्ज ३ स्थित एक फार्मेसी (औषधी पसल) सञ्चालक बिरुद्ध एक महिलाले जबरजस्ती करणीको आरोप लगाउदै जाहेरी दर्ता गराएकी छन् । गौरीगञ्ज ४ निबासी एक महिलाले वडा नँ ३ स्थित गौरीगञ्ज चोक दक्षिण मा रहेको ताजपुरिया फार्मेसीका सञ्चालक अन्दाजी ५० वर्षिय पर्शुराम ताजपुरिया बिरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी हुन । फार्मेसी सञ्चालक पनि वडा नँ ४ कदमगाछीकै निवासी हुन् ।
गत असोज १९ गते ति महिला कानको उपचार गर्न उक्त फार्मेसी मा जाँदा फार्मेसी सञ्चालक ताजपुरिया ले यौन दुर्ब्यबहार गरि करणी गरेको जाहेरीमा उल्लेख छ । घटना १९ गतेको भएपनि प्रहरी समक्ष कार्तिक ८ गते मात्रै जाहेरी आइपुगेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । घटना असोज १९ को भएपनि केहि अगुवाहरुले गाउँमै मिल्न दबाब दिदै मिलापत्र गराउन खोजेको बुझिएको छ ।
किटानी जाहेरी प्राप्त भइ सकेपछी प्रहरीले अनुसन्धान शुरु गरी अदालतबाट पक्राउ आदेश समेत पाइ सकेको कुरा प्रहरीले जनाएको छ । हाल आरोपित ब्यक्ती फरार रहेको र उनको खोजि कार्य जारी रहेको कुरा ईप्रका गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले बताएका छन् ।
पिडित महिलाले न्याय माग्दै महिला शसक्तीकरण समक्ष समेत निबेदन दिएकी छन् । सो निबेदन उपर छलफल गर्न आज महिला शसक्तीकरण को बैठक बसेको र बैठकले पिडक ब्यक्तीको खोजि गरि तुरन्त कार्वाही अघि बढाउन माग गरेको कुरा सँस्थाकी अध्यक्ष फुलबारी राजबँशीले बताएकी छन् ।