• बैशाख ११, २०७८
  • Madan Rajbanshi
  • 0

झगेन्द्र खड्का ।

गौरादह/झापाकाे गौरादहमा राष्ट्रिय खाद्य बैंक लि. काे उद्घाटन गरिएकाे छ।गौरादह -७ काे दहलुमा उद्घाटन गरिएकाे खाद्य बैंककाे औचित्य माथि प्रकाश पार्दै संस्थाका कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेतीले माटाको परिक्षण गरि किसानहरुकाे चाहना अनुसारकाे बालि लगाई उत्पादन बृद्धी गर्ने संस्थाकाे लक्ष्य रहेकाे बताए।कृषि क्रान्तिकाे सुरुवात गर्ने उदेश्यले स्थापना गरिएकाे संस्थाले किसानका समस्या समाधान गर्ने बताए।

स्थानीय स्तरमा रहेका बिऊ बिजनका साथै पुराना रैथाने बालीहरुकाे संरक्षण गर्ने संस्थाकाे लक्ष्य रहेकाे बताउदै अल्पकालीन मध्यकालीन र दिर्घकालिन याेजना बनाई संस्था किसानहरु समक्ष आएकाे जानकारी गराए। राष्ट्रिय खाद्य बैंकले गौरादह नगरपालिका वडा नं -२ र ७ मा ३५ बिघा जग्गा लिजमा लिई कृषि अभियान सुरु गरेकाे बताउदै यश क्षेत्रमा धान बालीलाई प्राथमिकता दिने जानकारी गराए।संस्थाले मुलुक भर २२ जिल्लामा अभियान सुरु गरिसकेकाे जानकारी गराउदै किसानहरुकाे चाहना र माटाेकाे अवस्था हेरी खाद्यान्न बालीहरु घान, मकै, गहुँ, गेडागुडी, तरकारी, फलफूल, जडिबुटी,माछा मासु, चिया, कफी लगाएतका बालीहरुलाई प्राथमिकता दिने जानकारी गराए।

माटाे तथा बनस्पति बिज्ञ डा. चन्द्र प्रसाद पाेख्रेलले यश क्षेत्रकाे माटाे परिक्षणकाे काम सुरु गरि सकेका छन। बिज्ञहरुबाट माटाे परिक्षण गराई सल्लाह र सुझावका आधारमा बाली लगाई उत्पादित बालीलाई भण्डारणका साथै बिक्रीवितरणकाे समेत व्यवस्था मिलाउने बताए। देशका ७७ वटा जिल्लामा अभियान संचालन गर्ने लक्ष्य राखेकाे संस्थाले वातावरण सुधार गर्दै प्रांगारिक मल बनाउने, इकाेस्टम बचाउने र राेजगारिका अवसर समेत श्रृजना गराउने बताए।पाेषिलाे आहारकाे लागि दिगाे कृषि उत्पादन हाम्राे अभियान भन्ने मुल नाराका साथ अभियान संचालन गरेकाे संस्थाले किसानका लागि पर्ख र हेर रहेकाे छभने संस्थाकालागि चुनौती रहेकाे धारणा राखेका छन।

केन्द्रीय तवरबाट नै भनाइ र गराईमा तालमेल नमिल्दा किसान निराश भएकाे बताए। गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार शाहले कार्यक्रमकाे उद्घाटन गरेका थिए।उद्घाटन पछि कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर शाहले गौरादह नगरपालिकाकाे भूमि कृषिका लागि उर्भर भूमि रहेका जानकारी गराए।कृषि क्षेत्रमा लगानी बढाई किसानकाे जीवन स्तर उकास्न स्थानीय सरकार लागि परेकाले राष्ट्रिय खाद्य बैंकले कृषि क्षेत्रका कार्यक्रम लिएर गौरादहमा आएकाले धन्यवाद समेत दिएका थिए।

गौरादह -२ का समाजसेवी तथा किसान डिल्ली सेढाईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका उपमेयर गिता भेटुवाल वडा नं -२ का वडाध्यक्ष हेमन्त कार्कीले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमकाे संचालन गाेपाल प्रसाद काेईरालाले गरेका थिए।