गौरादहमा भतिज लाई गोलि हानि काकाले गरे आत्महत्या

पढ्न समय: 1 मिनेट
Israeli practice shooting with in a shooting range called Magnum 88 in Jerusalem, on March 08. 2007. Photo by Olivier Fitoussi /Flash90. *** Local Caption *** ?????????? ??? ???? ??? ??? ????? ???? ??

गौरादह : गौरादह नगरपालिका वडा न ८ बैराती स्कुल अगाडी एक पुरुषले आफैले पेस्तोल चलाएर आत्महत्या गरेका छन । मँगलबार साँझ को समयमा गौरादह ८ बस्ने स्थानीय बिरेन साहले आफ्नै भतिज माथि गोलि प्रहार गरि पुन: आफैंलाई गोलि हानी आत्महत्या गरेको कुरा स्थानीय हरुले बताएका छन् ।

घाइते १४ बर्षिय बालक हेमराज साहलाई उपचारका लागि अस्पताल पठाइएको कुरा प्रहरीले जनाएकोछ । मृतक बिरेन साहको कन्चटमा गोली लागेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

मृत्यु भएका बिरन साह पुर्व प्रहरी रहेको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्