असार २७, गौरीगञ्ज । झापा गौरादह १ का एक युवाले आत्मदह गरेका छन् । आज विहान ४ बजे गौरादह –१ बस्ने सत्य नारायण साहका छोरा ३५ वर्षीय रोशन साहले आत्मदह गरेको झापा प्रहरीले जनाएको छ ।
केहि वर्षदेखि विरामी शाहले आफु सुत्ने कोठामा आफैले आफैलाई आगो लगाएको प्रहरीको भनाई छ । विहान ५ बजे इप्रका गौरादहमा जानकारी प्राप्त हुन साथ इप्रका गौरादहबाट प्रनानिको टोली खटिएको र घटना स्थल सुरक्षित राखिएको बताईको छ ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका दमकबाट प्रनिको टोली खटिएको छ ।
उनी सुत्ने खाट छेउमा प्लाष्टिकको ग्यालेनको बिर्को खोलेको र ग्यालेन डढेको अवस्थामा फेला परेको छ । ग्यालेनमा के तरल पदार्थ थियो भन्ने कुरा यकिन हुन नसकेको प्रहरीले बताए । घरमा बुवा आमासँग बस्दै आएका शाहको श्रीमती कामको सिलसिलामा बिराटनगरमा बस्दै आएकी थिइन् ।