असार १४ गौरीगञ्ज । पछिल्लो समय गौरीगञ्ज क्याम्पसमा भइरहेको दलिय राजनिती अहिले छताछुल्ला भएको छ । क्याम्पसले गुपचुप रुपमा गरेको सञ्चालक समिती निर्वाचनले क्याम्पसको पारदर्शिता माथि प्रश्न उठाएको छ ।
एक महिना अघि बिना सुचना गुपचुप रुपमा क्याम्पस सभा गठन गरि गौरीगञ्ज क्याम्पसले आज शुक्रबार गुपचुप रुपमा सञ्चालक समिती अध्यक्षको चुनाब गराएको हो । सो चुनाबको कार्यक्रम बारे न त क्याम्पसको आधिकारिक फेसबुक पेजमा सुचना राखिएको छ न त कुनै अभिभावकलाइ नै खबर गरिएको छ । चुनाब बारे मात्र होइन एक महिना अघि क्याम्पस सभा गठन गर्दा समेत क्याम्पसले कुनै अभिभाबकलाइ जानकारी नगराएको कुरा अभिभावकहरुले बताएका छन् ।
आज बिहान ८ बजे देखि भएको सञ्चालक समितीको अध्यक्ष पदको लागि भएको चुनाबमा १ भोटको मतान्तरले मखना महतो बिजयी भएका छन् । उनले १७ मत प्राप्त गर्दा अर्का उम्मेदबार बिष्णु न्यौपानेले १६ मत प्राप्त गरेका छन् । क्याम्पस सभाका ३६ सदस्य मध्ये ३३ सदस्यले मतदान गरेका थिए ।
क्याम्पस प्रमुख सर्वतलाल राजवँशीले त्रिबिको बिधान अनुसार नै क्याम्पस सभा गठन भएको दाबी गरेका छन् । तर त्रिबिको बिधान अनुसार नै गठन गरेपनि गठन गर्ने समय कुन कुन अभिभावकलाइ बोलाइयो भन्ने प्रश्नमा उनले आलटाले जवाफ दिएका छन् । एक महिना अघि भएको क्याम्पस सभामा अहिले क्याम्पसमा अध्ययनरत कुनैपनि बिद्यार्थीको अभिभावकलाइ राखिएको छैन ।
गौरीगञ्ज क्याम्पसको आप्नै आधिकारिक वेबसाइट नरहेपनि आधिकारिक फेसबुक पेज रहेको छ तर क्याम्पसको हरेक गतिधिको अपडेट रहेको सो फेसबुक पेजमा सभा गठन र निर्वाचन कार्यक्रम बारे कुनै सुचना राखिएको छैन ।
अपारदर्शी ढँगले भएको सञ्चालक समिती गठनले क्याम्पसमा पर्दा पछाडी भइरहेको राजनैतिक गतिबिधिहरुको पर्दाफास गरिदिएको छ ।