
भदौ २९, गौरीगञ्ज । पुर्वेली गायक बलबहादुर ले आफ्नो जन्मदिनको अवसरमा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ । प्रितको छहारीमा बोलको म्युजिक भिडियो उनको अफिसियल युट्युब च्यानल बाट आज सार्वजनिक गरिएको हो ।आज मँगलबार उनको जन्मदिन हो ।

गीतमा गायक बलबहादुर राजवँशी सँग अहिलेकी समकालीन चर्चित गायिका मेलिना राई ले जुगलबन्दी स्वर दिएकी छिन् । बलबहादुर राजवँशी कै सँगितमा सजिएको गीतमा शब्द भने रमेश मास्केले भरेका छन् । गीतको म्युजिक भिडियोमा बिकाश राजवंशी र रोमा क्षेत्रीको अभिनय रहेको छ भने म्युजिक भिडियो लाई अर्जुन खड्काले निर्देशन गरेका छन् ।