साउन ३० गौरीगञ्ज । १३ औँ गाउँसभा सम्पन्न भएको १ महिना भन्दा बढि समय बिति सक्दा समेत गौरीगञ्ज गाउँपालिकाले यो बर्षको वडा तथा पालिका स्तरिय योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेको छैन । सामान्यतया गाउँसभा सक्किएको १ महिना भित्र गाउँसभाले पारित गरेका निती कार्यक्रम तथा योजनाहरु पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने गरिन्छ ।
अध्यक्ष फुलबती राजवँशीले गौरीगञ्ज गाउँपालिकाको १३ औँ गाउँसभा गत असार २३ गते सम्मपन्न भएको घोषणा गरेका थिए । गाउँसभाबाट पुर्ण बजेट समेत पारित नभएको अबस्थामा अध्यक्ष राजवँशीले गाउँसभा अन्त्य भएको घोषणा गरेपछी अपाध्यक्ष लगायत केहि गाउँसभा सदस्यहरुले बिरोध समेत गरेका थिए भने पुन गाउँसभा सञ्चालनका लागि निबेदन समेत दिएका थिए ।
एक महिना बिति सक्दा समेत योजना तथा कार्यक्रमहरु किन सार्वजनिक गरिएको छैन भन्ने प्रश्नमा गाउपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सन्तोष श्रेष्ठले योजनाहरुको किताब प्रकाशन गर्न ढिलो भएकाले सार्वजनिक गर्न नसकिएको बताएका छन् । तर १३ औँ गाउँसभा अधुरो बजेट मै समापन गरिएको र गाउँसभाबाट तर्जुमा गर्नु पर्ने कार्यक्रमहरु नियम बिपरित कार्यपालिका बैठकबाट पास गरिएकाले र पछिल्लो समय गाउँसभा सदस्यहरुलाइ समेत जानकारी नदिइ मालपोत लगायतका करहरु बृद्धि गरिएकोमा आम जनताहरुबाट ब्यापक बिरोध आइरहेकाले योजना किताब सार्वजनिक नगरिएको कुरा श्रोतले बताएको छ । गाउँसभाको अधिबार खोसेर कार्यपालिका बैठकबाट अधुरो बजेटलाइ पुर्णता दिएको अबस्थामा गाउँपालिकालाइ नैतिक सँकट परेको दखिएको छ ।