मँसिर ४, गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि का लागि पछिल्लो समय गौरीगञ्ज वडा १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी ले पनि उम्मेदवारी घोषणा गरेका छन् । उनि झापा क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि का लागि उम्मेदवारी दिएका हुन् । उम्मेदवारी घोषणा सँगै उनि प्रचार प्रसार मा जुटेका हुन् ।

गौरीगञ्ज गाउँपालिका का बहालवाला वडाध्यक्ष मध्ये उनि एक मात्र निर्विवादित वडाध्यक्ष हुन् । पछिल्लो ४ बर्ष को कार्यकालमा उनले सन्तोषजनक काम गरेका छन् ।