
कार्तिक २ गौरीगञ्ज । सोमबार झापाको भेलामुनीमा कोच आदिवासी चलचित्र अर्दाङ को शुभ मुहुर्त गरिएको छ । कोच आदिवासी समुदाय मा रहेको धामी झाँक्री जस्तो अन्धविश्वास को घटनालाई सन्देश मुलक ढँगमा कथाबस्तु समेटिएको चलचित्र को सुटिङ झापाका विभिन्न स्थानमा गरिने कुरा चलचित्र युनिटले गौरीगञ्ज दर्पण डटकम लाई बताएको छ ।
भुवनेस् सीने भीजनको ब्यानरमा चलचित्र निर्माण हुन लागेको चलचित्रको कथा तथा निर्देशन अर्जुन ताजपुरियाले गर्ने छन् ।चलचित्रमा भुवनेश्वर राजवंशी, कौशिला गणेश, अर्जुन ताजपुरिया, खड्ग राजवंशी, सत्यनारायण राजवंशी, दिलबहादुर राजवंशीको अभिनय रहनेछ भने उक्त चलचित्रमा उद्दव राजवंशी, जगदीश राजवंशी, भुवनेश्वर राजवंशी, अर्जुन ताजपुरिया निर्माता रहेका छन् ।
चलचित्रको छायांकन करिब १ महिना भित्र सकिने कुरा निर्माता भुवनेश्वर राजवँशीले बताए ।