
फागुन ७ कुञ्जिबारी । गौरीगञ्ज गाउँपालिका बडा नँ १ स्थित कुञ्जिबारी चोकमा औलिया जि बाबाको प्रतिमा स्थापित गरिने भएको छ ।आज एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रतिमाको शिलान्यास गरिएको छ । वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी ले प्रतिमाको शिलान्यास गरेका छन् ।
उपभोक्ता समिति मार्फत रु ५ लाखको लागतमा सो स्तम्भ बन्न लागेको कुरा समितिका अध्यक्ष श्रवण कुमार यादव ले बताएका छन् । शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य भिम राजवँशी, प्रहरी चौकी कुञ्जिबारीका इञ्चार्ज बुद्धिराज खतिवडा समिति का सचिव खगेन काफ्ले लगायतको उपस्थिति रहेको थियो