गौरीगञ्ज । झापाको गौरीगञ्ज वडा नं १ स्थिर कुञ्जिबारी बजारमा निलम हेण्डिक्राफ्ट को विधिवत उद्घाटन गरिएको छ । स्थानिय ब्यावशायो देवीलाल राजवँशीले करिब १२ लाखको लगानीमा शुरु गरेको सो स्विटर कारखानाको सोमबार एक औपचारिक समारोहका बिच गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले उद्घाटन गरेका छन् । कार्यक्रममा वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी वडा नँ २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी कार्यपालिका सदस्य भिम राजवंशी लगायत स्थानिय ब्यापारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कारखानाले करिब ६ जनतालाइ प्रत्यक्ष रोजगारी दिएको र यस क्षेत्रमै निलम हेण्डिक्राफ्ट पहिलो स्विकार कारखाना भएको कुरा वडाध्यक्ष कार्तिकलाल राजवँशीले बताएका छन् । कारखानाले सामानको गुणस्तरमा कहिल्यै सँझौता नगर्ने कुरा सञ्चालक राजवँशीले बताए ।