• बैशाख ९, २०७९
  • Madan Rajbanshi
  • 0

बैशाख ९ गौरादह । नेपाली काँग्रेसको पछिल्लो महाधिवेशन मा झापा क्षेत्र नं ५ को प्रदेश (क) को सभापति पदका लागि उम्मेदवारी दिएका नेता ज्ञानेन्द्र खत्री ले नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।‌ उनले केहिबेर अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजिनामा को घोषणा गरेका छन् ।

उनको स्टाटस

उनले लेखेका छन् – काङ्ग्रेस गौरादह का सम्पुण आदरणीय महानुभाव हरु लाइ बिनम्र अनुरोध गर्दछु कि म ज्ञानेन्द्र अधिकारी खत्री लामो समय देखि 2054 साल देखि यो पाटी को ह्ररेक गतिबिधिमा सक्रिय रहि हरेक जनता को र सामाजिक गतिबिधिमा र बिकास अनि मानिस को सुख दुखमा सकृय सहभागि हुदै आएको र अघिल्लो समय पाटी को नेतृत्तोमा बस्दा सबै लाइ मिलाएर लगेको अनि आफुले पाटी को हरेक गतिबिधिमा इमानदार पुर्बक काम गरेको र गौरादह 2 मा अघिल्लो निर्बाचन मा गौरादह 2 बासिले सोचे जस्तो काम गर्न नसकेको र वडा बासि ले काग्रेस लाइ दिएको जनमत को भावाना अनुसार काम नभएको ले अहिले म इमानदार सग वडा को सबै को भावाना मैले बुझेको थिए र मैले यो वडा मा अबसर मिले मा काम गरेर नमुना वाड र जनता को मुख मा हासो ल्याउने बिचार गरेको थिए त्र अहिले को गद्धार नेतृत्तो ले म माथि ठुलाे अन्याय भएको जानकारी गराउदै अहिले यो वडा ले सिफारिस 3 नम्बर मा पठाएका मान्छे लाइ टिकट दएकाे मा मेरो घोर आपत्ति गर्दै म सोतन्त्र बस्ने घोषणा गर्दछु र मलाइ हिजो साथ दिनु हुने माया गर्नु हुने सबै जना मा यो पाटी मा बसेर राम्रो मान्छे कहिले अगाडि बडन नसक्ने हुदा म भोलि धेरै सग कुरा गर्दै स्वतन्त्र रहने र त्यो अबस्था मा पनि जनता र बिकास को काम मा उत्तिकै सहभागि रहने जानकारी गराउछु जय होस नेपाल र नेपालि जनता को ।

खत्री झापाको साबिक क्षेत्र नं ६ को काँग्रेस का पुर्व उपस्थिति हुन् । भने पार्टी को पछिल्लो महाधिवेशन मा उनि प्रदेश क को सभापति पदका निकटतम प्रतिद्वन्द्वी हुन् ।‌