पुस २९ काठमाण्डौ । नेपाली काँग्रेसका ६० प्रतिशत भन्दा बढि माहाधिवेशन प्रतिनिधिहरु परिवर्तनको पक्षमा उभिदै भृकुटीमण्डपमा जारि दोश्रो बिशेष महाधिवेशनमा उपस्थित भइरहेको बेला गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशी सहित झापा क्षेत्र नँ ५ का ४ जना महाधिवेशन प्रतिनिधिहरु परिवर्तनको बिपक्षमा उभिएका छन् ।
जेन जी आन्दोलन पछी देशभर काँग्रेस मा पुरानो नेतृत्वको औचित्य समाप्त भएको भन्दै नेतृत्व परिवर्तनको लागि बिशेष महाधिवेशन शुरु भएको बेला झापा क्षेत्र नँ ५ की महाधिवेशन प्रतिनिधि फुलबती राजवँशी डा खगेन्द्र पान्डब अधिकारी महेन्द्रा सुब्बा र लक्ष्मी बाराकोटी बिशेष महाधिवेशनमा उपस्थित नभएको कुरा झापा ५ कै महाधिवेशन प्रतिनिधि निरज अग्रवालले बताए । यस अधि राजवँशी अधिकारी र सुब्बा सहित अन्य ३ जनाले बिशेष महाधिवेशनको मागमा गरिएको हस्ताक्षर अधियानमा समेत साथ दिएका थिएनन् । क्षेत्र नँ ५ मा ढुण्डीराज भण्डारी, सुरेश सुब्बा, विश्वदीप लिङ्देन, मेदेनीप्रसाद सिटौला, चन्द्रा खड्का, भूमिराज राई, हुकुमसिंह राई, निरज अग्रवाल, अइन्द्रविक्रम केरुङ, राजनबहादुर ढुंगाना, हेमन्त कार्की, अनिलकृष्ण प्रसाईं, रोहितकुमार साह, भूपालराज कटुवाल, प्रसाईं, डा. नेत्र बुढाथोकी, अमर बराइली, टीकाराज सापकोटा, सत्यनारायण चौधरी, रमा लिम्बु मन्दरादेवी चिमरिया पौडेल तुलसा पन्त र रेगिना भट्टराइ लगायतका महाधिवेशन प्रतिनिधिहरु बिशेष महाधिवेशनमा उपस्थित भएका छन् ।
झापा जिल्ला कांग्रेसका हेभिवेट नेताहरूको गृह जिल्ला पनि हो ।
