कन्काईको सतह बढ्न थाल्यो, गौरीगञ्ज १ का केहि बस्ती खतरामा

पढ्न समय: 1 मिनेट

असार २८ गौरीगञ्ज । केहि दिन यताको अबिरल बर्षाका कारण कन्काई नदिको सतह बढ्न थालेको छ ।‌पानीको सहित बढेपछि गौरीगञ्ज १ रँगियाथान देखि मसानघाट सम्मको बाँध कटान गर्ने अवस्थामा पुगेको कुरा वडा सदस्य राजभक्त सुनुवार ले जनाएका छन् ।‌

- Advertisement -
Ad image

कन्काई को पश्चिम किनारमा रँगियाथान देखि मसानघाट सम्म तार जाली र ढुँगा बिनाको करिब २ सय मिटर टतबन्ध छ । खोलाले सोहि कच्ची तटबन्ध कटान गर्ने अवस्थामा पुगेको हो ।‌

अबको केहि घण्टा यस्तै पानी परे सो तटबन्ध को बाँध फुट्न सक्ने सँभावना रहेको कुरा वडा सदस्य राजभक्त सुनुवार ले जनाएका छन् । सो बाँध फुटे गौरीगञ्ज १ को बिर्खे बस्ती, होकलबाडी चौरी लगायतका बस्ती हरु डुवान हुन सक्ने उनले बताएकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्