• मंसिर २८, २०७९
  • Madan Rajbanshi
  • 0

मँसिर २८ गौरीगञ्ज । गौरीगञ्जको वडा नँ १ लाइ डुवान क्षेत्र भन्दा फरक नपर्ला किनकी कनेकाइ कमल र बनियानी खोलाको चपेटामा परेको वडा नँ १ बषेर्नी बर्खाको समयमा ड्वानमा पर्ने गरेको छ भने हरेक बर्ष यस वडाका बासिन्दाहरुले लाखौको क्षति बेहोर्दै आएका छन् । स्थानिय सरकार गठन भए यता कन्काइ कमल र बनियानी खोला तटबन्ध गरेर कटान समस्या रोक्ने पहल स्थानिय सरकारले गर्दै आएको छ ।

अघिल्लो कार्यकालमा वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीको चुनाबि एजेण्डा नै खोला नियन्त्रण गर्नु रहेको थियो भने उनले चुनाब जितिसकेपछी हरेक बर्ष कन्काइ कमल र बनियानी खोला नियन्त्रणका लागि स्थानिय बजेट बाट र जनताको तटबन्धन कार्यक्रम मार्फत खोला नियन्त्रणको प्रयास जारि नै राखेका छन् । अर्को कार्यकालका लागि उनि पुन: निर्वाचित भएपछी उनि फेरी खोला कटान नियन्त्रणका लागि पहल शुरु गरेका छन् । यस बर्ष गाउँपालिकाले वडाको सिलिङ बजेट घटाएपछी उनि खोला नियन्त्रणको पहल गर्न जनताको तटबनेधन कार्यक्रको कार्यालय गैँडे धाउन थालेका छन् ।

वडाध्यक्ष राजवँशी मँगलबार वडा कार्यालयको ज्ञापनपत्र लिएर गैँडे पुगेका छन् । उनले कन्काइ पुल देखि उत्तर देबीगाडा पुर्व सम्मको ३ सय मिटर कन्काइ तटबन्ध र कुञ्जीबारी कमल बनियानी पुल उत्तर देबीगाडा पश्चीमको बाँध को लागि पहल गरिदिन आग्रह सहितको ज्ञापनपत्र जनताको तटबन्धका कार्यालय प्रमुख यादब बराललाइ बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख बरालले कन्काइ पुल देखि देबीगाडा पुर्व सम्मको कन्काइ तटबन्धका लागि ठेक्का प्रकृया अघि बढि सकेको र देबीगाडा पश्चीम कमल बनीयानी बाँध को योजना प्राथमिकतामा रहेका ले चाँडै सो योजनाको प्रकृया ऋघि बढ्ने आश्वासन दिएका छन् ।