एम्बुलेन्स अत्यन्तै सम्वेदनशील सेवा हो एम्बुलेन्स सेवा पाउन एक मिनेट मात्र ढिलो भएमा कुनै बिरामी को ज्यानै जान सक्छ । तर यस प्रकारको सम्वेदनशील सेवाको चालक लाई गौरीगञ्ज गाउँपालिका का एक जनप्रतिनिधि ले पार्टी अधिबेशन को काममा प्रयोग गरेको पाइएको छ ।
गौरीगञ्ज गाउँपालिका का उपाध्यक्ष दिपेन्द्र थापा ले नेपाली काँग्रेसको १४ औ महाधिवेशन मा काठमाडौं जान गाउँपालिका का एम्बुलेन्स चालक दिपेन्द्र गिरी लाई प्रयोग गरेका छन् । उनले पार्टीको अधिवेशन मा जान गाउँपालिका को सरकारी गाडीको समेत दुरुपयोग गरेका छन् ।
गाउँपालिका को गाडी चालक महेश भट्टराई को छोरीको बिवाहका कारण भट्टराई मँसिर २३ गतेदेखि बिदामा छन् भने उपाध्यक्ष थापा ले २३ गते राति नै गाउँपालिका को गाडी र एम्बुलेन्स चालक गिरी लाई लिएर पार्टी अधिवेशन मा गएका हुन् ।
यसबारे बुझ्न खोज्दा उपाध्यक्ष थापा ले एम्बुलेन्स चालकलाई आफुले लिएर नआएको बताए । त्यसो भए एम्बुलेन्स चालक गिरी कहाँ छन् त भनेर सोध्दा उनले आफैंसँग गाडीमा रहेको पनि स्विकारे । एम्बुलेन्स जस्तो सम्वेदनशील सेवाको चालकलाई पार्टी को काममा प्रयोग गर्न पाईन्छ त भनेर शनिबार बिहान उनलाई प्रश्न राख्दा अहिले हामी फर्किदैछौ । आएर कुरा गर्छौ भन्ने गैर जिम्मेवार जवाफ दिएका छन्
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले उपाध्यक्ष ले पार्टी अधिबेशन सँगै गाउँपालिका को पनि केहि मन्त्रालय का कामहरु जिम्मा लिएर जानु भएकोले गाउँपालिका को गाडी प्रयोग गर्न दिएको बताएका छन् । उहाँलाई मैले एम्बुलेन्स चालक लिएर नजानु भनेर आग्रह गरेको थिए – अध्यक्ष श्रेष्ठले बताए ।