बैशाख २७, गौरीगञ्ज ।‌ एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गौरीगञ्जको स्थानीय सरकार मा एमालेलाई जिताउन गौरीगञ्ज बासिहरुमा आह्वान गरेका छन् । चुनावी प्रचार प्रसार को अन्तिम दिन मँगलबार बिहान गौरीगञ्जमा आयोजित चुनावी सभा लाई सम्बोधन गर्दै ओलीले गौरीगञ्जमा एमालेलाई जिताउने जिम्मा तपाँइ को र गौरीगञ्जको बिकास गर्ने जिम्मा एमालेको रहेको बताएका छन् ।‌

उनले चुनावी सभा लाई सम्बोधन गर्दै आफु सरकारमा हुँदा हुलाकी सडक ले छुने गौरीगञ्ज लगायत तराईका १० वटा बजारलाई स्मार्ट सिटी का रुपमा योजना अघि बढाएकोमा अहिले को गठबन्धन सरकारको कारणले सो योजना रोकिएको जिकिर गरे । आफुले सरकारको नेतृत्व गरेको बेला नागरिकता विधेयक ल्याएर जन्मसिद्ध नागरिक हरुका सन्तान हरुलाई नागरिकता वितरण गर्ने खोज्दा समेत प्रतिपक्षी हरुले कानुनी अड्चन खडा गरेको उनले बताए ।