साउन ५, गौरीगञ्ज । केहिदिन देखि गौरीगञ्ज २ तुलाचन चोकमा अलपत्र परेकी बेवारिसे महिलाको उद्धार गरि मानव सेवा आश्रम बिराटनगर लगिएको छ । गौरीगञ्ज गाउँपालिका की उपाध्यक्ष पुजन न्यौपाने कुँवर को पहलमा अन्दाजी ४५ बर्षकी महिला को उद्दार गरि आश्रम पुर्याईएको हो ।
केहि दिन देखि तुलाचन चोकमा बेवारिसे अवस्थामा अन्दाजी ४५ वर्षिया महिला अलपत्र परेको अवस्थामा रहदै आएको थियो । स्थानीय युवा उज्वल खतिवडा को सहयोग मा यस बारे गौरीगञ्ज दर्पण डटकमले उनलाई चिन्नु हुने ब्यक्ति को खोजि गरेको थियो । उनलाई पहिचान गर्ने कोहि ब्यक्ति फेला नपरेपछि उनलाई उपाध्यक्ष न्यौपाने को पहलमा एम्बुलेन्स मा राखि आश्रम को जिम्मा लगाईएको हो ।