• पुस १२, २०७७
  • Madan Rajbanshi
  • 0

पुस १२ , गौरीगञ्ज । इलाका प्रसासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय साह पक्राउ परेका छन् । गए राति ७ बजे जिल्ला प्रहरी कार्यालयबाट आएको टोलिले उनलाइ पक्राउ गरेका हुन् ।उनि सँगै कार्यालयका सहयोगि आसिर आलम समेत पक्राउ परेका छन् ।
केहि समय अघि गैरनागरिकलाइ किर्ते नागरिकता प्रमाण पत्र सहित राहदानीका लागि सिफारिस गरेको आरोपमा उनिहरुलाइ पक्राउ गरिएको कुरा श्रोतले गौरीगञ्ज दर्पण लाइ बताएको छ ।

कास आसिर आलम


जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता राकेश थापाले सोध पुछ का लागि गए राति उनिहरुलाइ जिल्ला ल्याएको कुरा स्विकार गरेका छन् । उनि भन्छन् – केहि कुरा सोधपुछ गर्नु पर्ने भएकाले हामीले उहाँहरुलाइ राति जिल्ला लिएर आएका छौ । यद्यपि यसलाइ अहिलेनै पक्राउँ गरेको नभनौ ।
यद्यपि झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले उनिहरुलाइ पक्राउ गरेको कुरा पुष्टी गरेका छन् । नागरिकता प्रमाण पत्र बितरण मा पकृया नमिलेकाले सोधपुछका लागि उनिहरुलाइ नियन्त्रणमा लिइएको कुरा उनले बताएका छन् ।