बैशाख ६, गौरीगञ्ज । प्रत्येक १० – १० बर्षमा हुने कृषि गणना आज मँगलबार देखि गौरीगञ्जमा पनि शुरु भएको छ । कृषि गणना का लागि गाउँपालिका भरी ८ जना गणक र गाउँपालिका भरी दुइजना सुपरीवेक्षक खटिएको कुरा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्कीले बताए ।
केन्द्र को निर्देशन अनुसार वडा नँ १ मा ५ वटा क्षेत्र, वडा नँ २ मा ५ वटा क्षेत्र वडा नं ३ मा एउटा क्षेत्र, वडा नं ४ मा ४ वटा क्षेत्र, वडा नं ५ मा ५ वटा क्षेत्र र वडा नँ ६ मा २ वटा क्षेत्र गरी जम्मा २२ वटा क्षेत्र निर्धारण गरी कृषि गणना शुरु गरिएको कुरा सुपरीवेक्षक विशाल मोदीले जनाएका छन् ।
गणक हरुमा भरत बिमल रोय, भवनेश सिँह रोय, अँकित दास, मधु पौडेल, ममता राजवंशी, पर्शुराम ढकाल, रोशन यादब धिरज कुमार गन्गाई, र सुपरीवेक्षक हरुमा जगरनाथ ताजपुरिया र बिशाल मोदी खटिएका छन् ।
फिल्डमा खटिएका गणकहरुले प्रत्येक क्षेत्रमा गई सेम्पलिङ बिधि मार्फत तथ्याङ्क सँकलन गर्ने छन् । आज देखि जेठ १९ गतेसम्म हुने कृषि गणनाका लागि घर आँगनमा तथ्याङ्क सँकलन गर्ने आउने कृषि गणकहरुलाई सहि जवाफ र तथ्याङ्क उपलब्ध गराएर सहयोग गरिदिन गाउँपालिका ले अनुरोध समेत गरेको छ ।