फागुन ११, गौरीगञ्ज । हातीपाईले रोग बिरुद्धको औषधी सेवन गर्ने अभियान अन्तर्गत आज गौरीगञ्जमा २ हजार भन्दा बढीले औषधि सेवन गरेका छन् । अभियानको आज पहिलो दिन गौरीगञ्जमा २ हजार १ सय ९६ जनाले हातीपाईले रोग बिरुद्धको औषधी सेवन गरेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । जसमध्ये १ हजार २ सय ५ जना महिला र ९ सय ९१ जना पुरुषले औषधि सेवन गरेको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
आज पहिलो दिन वडा नँ १ मा ३४७ जना, वडा नँ २ मा १६५ जना, वडा नं ३ मा १०५० जना, वडा नं ४ मा २७६ जना, वडा नं ५ मा २३४ जना र वडा नँ ६ मा १२४ जनाले हातीपाईले बिरुद्धको औषधी सेवन गरेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
यो अभियान फागुन २५ गते सम्म चलाईने कुरा गाउँपालिका ले जनाएको छ ।