अपाङ्गता भएका ब्यक्तिलाइ सहयोग सामग्री बितरण गरि गौरीगञ्जमा पनि मनाइयो अन्तराष्ट्रिय अपाङ्ग दिवस

पढ्न समय: 1 मिनेट


२९ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस को अबसरमा गौरीगञ्ज मा अपाङ्गता भएका बयक्तिहरु लाइ सहयोग सामग्री बितरण गरिएको छ । एसएनजेडीको आर्थिक सहयोग र गौरीगञ्ज अपाङ्गता सहयोग समितिको समन्बय मा गौरीगञ्ज गाउँपालिका ले आयोजना गरेको कार्यक्रममा अपाङ्गता सहयोग समितिको तर्फबाट समितिका अध्यक्ष शेरमान बुढाथोकी ले १० बुँदे कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यता र सहयोग समितीका अध्यक्ष शेरमान बुढाथोकी को सभापतित्वमा आयोजित कार्यक्रममा गँगादेवी साह, स्वर्गकुमारी राजवँशी र बद्रि नारायण दासलाइ वाकर, पार्वती महतो र उर्मिला सेढाई लाइ स्टिल लौरो, रेडीलाल ताजपुरिया लाइ सेतो छडी र सबिन काफ्लेलाइ कमोट चियर बितरण गरिएको कुरा समितीका अध्यक्ष शेरमान बुढाथोकी ले जनाएका छन् ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, निमित्त कार्यकारी प्रमुख हेमप्रकाश नेम्वाङ, स्वस्थ शाखा प्रमुख रामचन्द्र मिश्र, एसएनजेडीका कार्यक्रम सँयोजक कुमार चुँडाल लगायतले मन्तव्य राखेका थिए भने रमेश नेपाल ले स्वागत मन्तब्य राखेका थिए ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्