अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा ह्वील चियर बितरण

पढ्न समय: 1 मिनेट

मँसिर १८ गौरीगञ्ज । ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा गौरीगञ्जमा ७ जना अपाङ्गता भएका ब्यक्तीहरुलाइ ह्वील चियर बितरण गरिएको छ । दिवसको अबसरमा आइतबार गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच सो ह्वील चियरहरु बितरण गरीउको हो ।

- Advertisement -
Ad image
gd


वडा नँ १ का रणमाया राइ वडा नँ २ का भाद्रि राजवँशी , साहावत्ती राजवँशी, वडा नँ ३ का केशरबहादुर श्रेष्ठ, सुसिलिया महतो, लिला गुरुङ, र वडा नँ ५ का हराधन सिँहलाइ ह्वील चियर बितरण गरिएको कुरा गौरीगञ्ज अपाङ्गता सहयोग समितीका अध्यक्ष शेरमान बुढाथोकीले बताए ।
कार्यक्रममा बोल्दै गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीले गाउँपालिका भित्र बसोबास गर्ने हरेक बर्ग र समुदायका जनताहरुका लागि गाह्रो साह्रो पर्दा गौरीगञ्ज गाउँपालिकाको ढोका सबैका लागि खुल्ला रहने बताएकी छन् ।

gd


गौरीगञ्ज गाउँपालिकाको आयोजना र गौरीगञ्ज अपाङ्गता सहयोग समितीको सहआयोजनामा भएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशी उपाध्यक्ष पुजन न्यौपाने कुँवर प्रमुख प्रसाशकीय अधिकृत मणीराम खतिवडा पुर्व उपाध्यक्ष दिपेन्द्र थापा वडाध्यक्षहरु किनालाल राजवँशी फेकाप्रसाद गिरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्