Happy Tihar 2082

रँगेलीको फोहर ब्यवस्थापनका लागि मेयरले आफै गरे जग्गा दान

पढ्न समय: 1 मिनेट

रँगेलीको फोहर ब्यवस्थापनका लागि मेयरले आफै गरे जग्गा दान

जेठ २२ मोरँग । मोरङको रंगेली नगरपालिका नगर प्रमुख दिलिप बगडियाले नगरपालिकालाइ जग्गा दान गरेका छन् ।  नगर प्रमुख बगडियाले रँगेली नगरपालिका लाइ १ बिग्घा १५ कठ्ठा जग्गा दान गरेका छन् । नगरपालिकाको फोहर ब्यवस्थापन गर्न डम्पिङ् साइट निर्माणका लागि कसैले जग्गा उपलब्ध नगराएपछी उनले आफ्नै १ बिघा १५ कट्ठा जग्गा डम्पिङ साइट का लागि दान गरेका हुन् ।

- Advertisement -
Ad image

२०७९ सालमा दोस्रो कार्यकालकामा समेत निर्वाचित नगर प्रमुख बगडियाले फोहोर व्यवस्थापनका लागि १ बिघा र लेदो व्यवस्थापनका लागि १५ कठ्ठा जग्गा दान गरेका छन् । उक्त जग्गाको अहिलेको मुल्याङ्कन अनुसार १ करोड मुल्य बराबरको रहेको छ । रंगेलीको वडा नं. ६ मा रहेको उक्त १ बिघा १५ कठ्ठा जग्गामा नगरपालिकाले कोशी प्रदेश सरकारको सहयोगमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइडको निर्माण गर्नेछ ।

स्वीस सरकारको सहयोग प्राप्त रकमबाट कोशी प्रदेश सरकारले रंगेली नगरपालिकाको वडा नं. ६ मा निर्माण गर्न लागेको फोहोर व्यवस्थापन डम्पिङ साइडको डिपिआर तयार भइसकेको छ । बाँकी १५ कठ्ठा जग्गामा संघिय सरकारको सहयोगमा लेदो व्यवस्थापन प्लान्ट निर्माण गर्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्