Happy Tihar 2082

झुमा झापावाली………………….

पढ्न समय: 1 मिनेट

ओए झुमा, झुमा झापावाली….
रुपको बक्ति बाल्दै आइन झुमा झापावाली ।

झापाको बिर्तामोडेस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार गायक प्रमोद खरेल गीतलाई यसरी मोड्दै छिरे । उनको वास्तविक गीतमा झुमा झुम्कावाली भए पनि झापा पुगेका गायक खरेलले दर्शकको मन तान्न यही गीतको झुम्कावालीलाई झापावाली बनाउँदै प¥याप्त भयो । 

- Advertisement -
Ad image

चौथो झापा गोल्डकपको फाइनल खेलको समापन कार्यक्रममा सोमबार साङ्गीतिक प्रस्तुती दिन पुगेका प्रमोदले खेलमैदानमा नाच्दै हजारौँ दर्शकलाई एकसाथ मनोरञ्जन दिलाए । खेलकुदलाई नजिकबाट हेर्ने खरेलले खेलकुदसम्बन्धी गीत समेत गाएका थिए । 

गायक खरेलले उनको नयाँ गीत ‘यो कुरा गोप्यनै राखौला’ गाउँदा खेल हेर्न बाँसको प्याराफिटमा बसेका दर्शकले हात हल्लाएर साथ दिएका थिए भने उभिएका दर्शक छम छम नाचे । 

‘हङ्गामा भो’, ‘मबिना कसैकसैलाई’, ‘ओइ झुमा’, ‘मेरो देश प्यारो नेपाल’, ‘याद गर्न पनि’, ‘चल बतास चल’, ‘हे माया’, ‘उसले जति माया तिमीलाई मैले पनि’, ‘लाइदेउन मायाले’ लगायत दर्जनौँ गीतबाट गायक खरेलले फुटबलप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

अन्नपुर्ण पोस्टका लागि रबिन भट्टराईको रिपोर्ट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *