गौरीगञ्ज । ७ मँसिर । स्वास्थ्यका लागि दौड भन्ने मुल नाराका साथ झापाको गौरीगञ्ज ६ खजुरगाछी स्थित आठमौजा बचत तथा ऋण सहकारी सँस्थाको आयोजनामा म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सँस्थाको ११ औ बार्षिकोत्सवको अबसरमा आयोजित दौड प्रतियोगितामा खुल्ला तर्फ ४ किमी महिला तर्फ २ किमी र ८ देखि १४ बर्ष सम्मका उमेर समुहका बालबालिका हरुका लागि २ किमी दुरिमा प्रतिस्पर्धा गराइएको थियो ।


खुल्ला तर्फको ४ किलोमिटर दौड प्रतिस्पर्धामा धनकुट्टाका मोहन कुमार राइ प्रथम तेह्रथुमका उमेश कन्दङ्वा दोश्रो र मधुमल्लाका ज्ञानदीप राइ तेश्रो भएका थिए । महिला तर्फको २ किमी दौड प्रतिस्पर्धामा धरानकी कमला राइ प्रथम लक्ष्मीमार्ग की सँगसता तामाङ दोश्रो र दमककी मनिषा राइ तेश्रो भएकी थिइन ।




८ देखि १४ बर्ष सम्मका बालबालिकाहरुको २ किमी दौड प्रतिस्पर्धामा पँकज राजवँशी प्रथम खगेन्द्र खत्री दोश्रो र महेश गिरी तेश्रो भएका थिए । ८ देखि १४ बर्ष उमेर समुहको बिजयी प्रतियोगिहरुलाइ उमेर प्रमाणित हुने कागजात पेश गरेपछी मात्र पुरस्कृत गरिने कुरा सँस्थाका ब्यबस्थापक नगेन्द्र ढकालले बताए ।
सम्पुर्ण बिजयी प्रतियोगिहरुलाए ९ गते सोमबार हुने सँस्थाको बार्षिकोत्सब समारोहमा नगद सहित पुरस्कृत गरिने कुरा सँस्थामा अध्यक्ष अर्जुन दँगालले जनाएका छन् ।
खुल्ला तर्फ प्रथम लाइ रु ७ हजार दोश्रोलाइ रु ५ हजार रतेश्रोलाइ रु ३ हजार नगद पुरस्कार दिइने छ भने महिला तर्फ सम्मान स्वरुप प्रथम हुनेलाइ रु ३ हजार दोश्रो हुनेलाइ रु २ हजार र तेश्रो हुनेलाइ रु १ हजार र १४ बर्ष मुनीका प्रतिस्पर्धीलाइ सम्मान स्वरुप प्रथम रु २ हजार दोश्रो रु १ हजार ५ सय र तेश्रो रु १ हजार नगद सहित पुरस्कृत गरिने कुरा सँस्थाले जनाएको छ ।