रबिन्द्र बराल
मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० कराेड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु गरेको छ । उधोग, पर्यटन वनतथा वातावरण मंत्रालयले मन्दिर परिसरको ५ विघा क्षेत्रफल जग्गामा भक्तजनहरुको सहजताका लागी विवाह व्रतवन्धका लागी पार्टी प्यालेस, पार्क सहितको पोखरी , पुुजारी क्वाटर , स्वागतद्धार, वाउड्रीवाल, मार्केट व्लक तथा मन्दिर परिसरमा सटर सहितका भवन कार्यालय तथा शाैचालय लगायतका पुुर्वाधार वन्न शुुरु गरेको हाे । धुलिखेल निर्मान सेवा प्राईभेट लिमिटेड ले २०७७ मंसिर २६ गते ठेक्का सम्झौता पाएकाे थियोे । भने उक्त कम्पनी ले २०८० जेठ २५ गते निर्माण सम्पन गर्ने भनिए पनि अडाई बर्ष भित्र निर्माणकार्य सम्पन्न गरिने धुलिखेल निर्माणका साईड ईन्चार्ज गणेश खड्काले बताए । मंन्दिर परिसरमा चिल्ड्रेन पार्क, हवन कुन्ड, व्रहामण बस्ने घर, गुवाई घर , शाैचालय, पार्किङ स्थल, भक्तजन हरु का लागि प्रसाद बनाउन का लागि ग्यास लाईन सहितको भवन , भक्तजन हरु का लागि विश्राम कक्ष लगायत का सुबिधा सम्पन्न भवन बनाउने भएको हाे ।
बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको राणा काल भन्दा अगाडि देखि साे स्थानमा माता देवी काे वासस्थान रहेको बुडा पाका हरु बताउछन् । अहिले साे मन्दिरमा भक्तजन हरुकाे अास्था बडि रहेको हुनाले मन्दिरमा बृद्ध,बृद्धा देखि युवा हरु मन्दिरमा पुजा अर्चना गर्ने अाउन थालेका मन्दिर का पुजारी कृष्ण काेईराला ले बताए । उक्त मन्दिरमा अहिले दमक,बिर्तामोड , गाैरीगंञ्ज, ईनरुवा,दुहबी ,घरान, बिराटनगर ,बेलवारी,उर्लाबारी ,अमरदह, र भारतकाे कलकता, हरियाना, कुवाडि लगायतका स्थान हरुबाट भक्तजन हरु अाएर पुजा अर्चना गर्ने गर्देछन । मन्दिरमा निकै पुरानो रुख मुनि देविकाे बाँस रहेको पाईन्छ । साे मन्दिरमा अाफुले चाहेको मनकामना पूरा गर्ने भक्तजन हरुकाे ठुलाे घुईचाे लाग्ने गरेको छ । त्यति मात्रै हाेइन त्यहाँ भाकल गरेको ९० दिन भित्र मनाेकामना पूरा हुने त्यहाँका पुजारी बताउछन । साे मन्दिरमा भाकल गर्दाे कसैले बाेकाकाे बलि दिन्छन भने कसैले परेवा उडाउने गर्छन् त कसैले नरिबल काे पानी चडाएर अाफ्नाे भाकल परा गर्छन । साे मन्दिरमा अहिले विशेष गरि शनिबार र मंगलवार विशेष भक्तजन हरुकाे धुईचाेलाग्ने गरेको छ । उक्त मन्दिरमा भाकल गरेर बाेका काे बलिदिने गरेता पनि साे बाेका काे मासु त्यहीं पकाएर प्रसादि काे रुपमा खानुपर्ने र घर लैजान नहुने परम्परा हरेकाेे छ । बिगत बर्षमा भारत अररिया जिल्ला पलासमणि १ घर भएकी ४५ बर्षीय अनिता चाैधरी छातिमा जमरा उमारी रहेकि थिन ।
सो मन्दिरमा प्रदेश १ को सरकारले दुुइवर्ष वर्षदेखी प्रदेश स्तरमा सो मन्दिर परिसरवाट फुुलपाती वढाई गर्न थालेपछि मन्दिरको महत्व झनै वढेको पाइन्छ ।