रबिन्द्र बराल
बहुप्रतिक्षित हुलाकी राजमार्गमा ठेकेदार कम्पनी ले पुन: गुणस्तरहिन इटा प्रयोग गरेको पाईएको छ । हुलाकी सडकको रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत धनपालथान गाउँपालिका ४ स्थित भलुवा चाेक नजिकै बनाउदै गरेकाे कल्भटमा ठेकेदार कम्पनी गजुरमुखी मोतिदान जेभिले कमसल ईट्टा काे प्रयोग गरेर कल्भट बनाउदै गरेको भेटिएको छ ।
काेराेना भाईरस काे दाेस्राे लहर चलिरहाँदा नेपाल सरकारले देशै भरि लकडाउन तथा निषेधाज्ञा लागू गरेपछि सर्वसाधारण हरु सडकमा हिडडुल नगर्दा ठुला ठेक्केदार हरु ले भने बिकास निर्माणकार्यमा कमसल सामग्री प्रयोग गर्ने गरेको प्रमाण फेला परेको छ । गजुरमुखी ले भलुवा चाेक नजिकै बनाएकाे कल्भटमा कमसल ईट्टा काे प्रयोग गरेर साे कल्भट बनाउदै गरेको भेटिएको छ । निषेधाज्ञा मा बिकास निर्माणकार्य लाई निरन्तरता दिए पछि ठेक्केदार हरु ले कमसल काम गरेर रकम जाेगाउन थालेका छन । यसरी निषेधाज्ञा काे माैका छाेपी गजुरमुखी ले हुलाकी सडकमा यसरी कमलस काम गर्दा बनाउदै गरेको कल्भट कति काे टिकाउ तथा बलियो हाेला सहजै अनुमान लगाउन सकिन्छ । निषेधाज्ञा काे समयमा सडक बिभाग तथा अनुगमन गर्ने निकाय समेत अनुगमन मा निस्कन नपाएकाे अवस्था यसरी ठेक्केदार हरुकाे चरम लापरबाही का कारण बिकास निर्माणकार्य मा ठाेस तथा राम्रो काम नहुने देखिन्छ । हुलाकी सडक का ईन्जिनियर श्री राम देव लाई काम कमसल हुदैछ भन्ने बिषयमा जानकारी लिदा उनलेे भने आफुहरु ले बेला बेलामा अनुगमन गरिरहेकाे र कमलस ईट्टा काे प्रयोग नभएको भन्दै ठेक्केदार हरु लाई उन्मुक्ति दिन समेत खाेजेका छन । उनलेे भने कमलस ईट्टा ल्याएकाे स्विकार गर्दे आफू हरु ले साे ईट्टा प्रयोग नगर्ने निर्देशन दिएकाे बताए । तर ठेक्केदार कम्पनी हरु ले भने साेहि ईट्टा प्रयोग गरेर दुई तर्फ काे कल्भट काे बाल निर्माण सम्पन्न समेत गरि सकेका छन । यसरी ठेक्केदार हरु काे आफू खुशी का कारण ले गर्दा बर्षाे पछि निर्माणकार्य भएको कल्भट हरु कतिकाे टिकाउ हुन्छ। समयमै स्थानीय जनप्रतिनिधि हरु यस्तो काम गर्ने ठेक्केदार हरु लाई कार्वाही काे दायरामा ल्याउन जरुरी देखिन्छ ।