रबिन्द्र बराल ।
माेरङकाे रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएकाे ५ महिना बितिसक्दा समेत मर्मत नभएको बारे बुधबार गौरीगञ्ज दर्पण डटकम लगायत विभिन्न अनलाइन मा समचार सम्प्रेषण भए पछि नगरपालिकाको ध्यानाकर्षण भएको छ नगरपालिकाले सोहि दिन बेलुकी एक सुचना जारी गर्दै यस रंगेली नगरपालिका बाट रंगेली बजार क्षेत्र भित्र सुरक्षाका दृष्टिकोणले जडान गरिएको सि.सि.टि.भि हाल विद्युतिय पोल सिफटिङ्गले गर्दा सेवा अवरोध रहेकोमा नगर पालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै बजार क्षेत्र मात्र नभई यस न.पाको ९ वटै वडाका चौकहरु लगायत ईलाका प्रहरी कार्यालय संग समन्वय गरि जम्मा ४० ठाँउमा सि.सि.टि.भि क्यामेरा जडान हुने र प्रहरी कार्यालयको सञ्चार शाखामाSurvillance Roomसमेतको व्यवस्था हुने गरिNetworking गर्ने कार्य समेत भईरहेको व्यहोरा सम्पुर्ण सरोकारवालाहरुलाई जानकारीको लागि अनुरोध छ- सुचनामा भनिएको छ ।
सिसि क्यामरा बिग्रिएकाे सात महिना हुदा सुचना निकाल्न नसकेकाे नगरपालिकाले समचार सम्प्रेषण भए पछि सुचना प्रकाशित गरेको छ । साे सुचना मा नत चलानी नम्बर नै लेखिएको छ । नत कार्यालयकाे छाप नै छ नत सम्धित अधिकारी काे हस्ताक्षर नै छ । यसरी गैर जिम्मेवारी पुर्वक सुचना प्रकाशित गर्नु के के अर्थ हाेला त ? नगरपालीका ले नगरकाे परिसर भित्र रंगेली बजारको कालीमन्दिर अगाडी, भाेटुवावु चाेक रंगेली बसपार्कमा र डाईनिया जाने बाटो काे माेरिया पुल र भन्सार छेउमा जडान गरेको सि.सि.क्यामेरा सन्चालनमा ल्याएको थियो । बजार तथा आसपासमा अपराध नियन्त्रण , दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्य ले जडान गरिएको सिसि क्यामरा सन्चालनमा नआउदा अपराधिक गतिविधि काेे निगरानी प्रहरी द्वारा निगरानी हुन भने सकेको छैन । हुलाकी सडक निर्माणकार्य गर्ने का लागि बिधुत पाेल ठाउँ सार्ने कार्य भएको एक महिना बितिसक्दा समेत सिसि क्यामरा भने सन्चालनमा ल्याउन सकेको छैन । तर भाेटुवाबु चाेक, भन्सार टाेल कुनै पनि बिधुत काे पाेल हटाउने कार्य नहुदा समेत साे स्थानमा भने सिसि क्यामरा भने मर्मत हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय रंगेली को संचार शाखामा हार्ड डिक्स र मनिटर जडान गरेेेर संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको थियो । अहिले नगरभित्र ४० स्थान भन्दा बडि ठाउँमा सिसि क्यामरा जडान का लागि फाईवर बिछ्याउने कार्य भईरहेकाे र अब चाडै सिसि क्यामरा जडान हुने समेत बताए । नगरपालिकाले संन्सारी माई स्थित चिस्याङ खाेला , दर्वेशा काे बक्राह पुल, मधुवनि चाेक र पिपल चाेक चाेप्राह बाेडर लगायत का स्थान हरुमा थप सिसि क्यामरा जडान गरिने र प्रहरीलाई समेत अपराधी हरु लाई निगरानी गर्ने अझै सहज हुने स्थानीयले बताए ।