रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिका ४ आमतोला सुकुम्बासी टोलका ४० बर्षका लखिराम हेमरम परिवारलाई रंगेली मा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले खाद्यन्नसहित लत्ताकपडा सहयोग गरेको छ । तीन वर्षदेखि पेट फुल्ने रोगले पीडित लखिरामको उपचारसँगै घरपरिवारको दैनिक गुजारा समेत समस्या परेको भन्दै केहिदिन अगाडी समाचार प्रकाशन गरेको थियो ।

त्यो समाचार पढेपछि लखिरामको अवस्था जानकारी पाए पछि संस्थाका अध्यक्ष तथा सदस्य प्रतिनिधि हरुलेे आईतबार घरमै पुगेर खाद्यन्न तथा लत्ता कपडा हस्तान्तरण गरेका हुन । संस्थाले ३० केजि चामल, ५ केजि भुजा, तथ लत्ताकपडा सहयोग गरेका थिए । संस्था स्थापना काल देखिनै गाउँ घर मा असाहय, गरिव तथा अतिविपन्न परिवारहरु लाई विभिन्न ढङ्गबाट हरेक प्रकारको सहयोग हरु गर्दे आएकाे संस्था का अध्यक्ष कमलेश्वर ठाकुरले बताए । घरपरिवारको दैनिक गुजारा चलाउन नसक्ने अवस्थाको परिवारका नेतृत्वकर्ता लखिरामको तीनवर्षदेखि पेट फुलेर स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उपचारका लागि आर्थिक अभावका कारण उहाँ थलिनु भएको छ । श्रीमती डुलरले जनमजदुरी गरेर छोरा र छोरी हेरचाहसहित बिरामी परेर थलिएका श्रीमान्को स्याहार गर्दै आउनु भएको छ । यस्तो दुःखमा परेको परिवारलाई सद्भाव बचत ले राहत उपलब्ध गराएपछि लखिरामसहित परिवारले हर्षका आँसु खसालेका छन् ।