सँक्रमणका कारण मेचीनगरका वडाध्यक्षको निधन

जेठ ८, झापा । झापामा कोरोना सँक्रमण का कारण एकजना वडाध्यक्ष को मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नँ ७ का वडाअध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण निधन भएको छ ।
उनलाई बैशाख २८ गते सँक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि विगत केहि दिनदेखि बिर्तामोडस्थित बिर्तासिटि हस्पिटलमा भेन्टिलेटरमा रहेर उपचाररत मेचेको शनिबार विहान ११ ः ३० बजे निधन भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताएकाछन् । मेचेका श्रीमती तीन छोरा र एक बुहारी छन् ।

अघिल्लो लेखमागौरादहमा कोरोना सँक्रमणबाट बेहुला र बेहुलाकी आमाको मृत्यु
अर्को लेखमाप्रतिनिधि सभा बिघटन बिरुद्ध झापामा राँके जुलुस