रबिन्द्र बराल । असार १२, रँगेली । लागु औषध दुर्व्यसनी तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसकाे पुर्व सन्ध्यामा मा रंगेली मा प्रभातफेरी कार्यक्रम गरिएको छ । २०२२ जुन २६ को सन्दर्भमा रंगेली बसपार्क देखि निकालेकाे -यालीले मुख्य बजार, अस्पताल चाैक , भाेटुवावु चाेक लगायत काे परिक्रमा गरेको थियोे । कार्यक्रममा विभिन्न संघ संस्था का प्रतिनिधि हरुले नेपाललाई सुरक्षित, भयरहित र शान्तिपुर्ण बनाईराख्न गाउ समाजमा घट्न सक्ने घटनाहरु रोकाै , घटित फौजदारी अपराधको अनुसन्धान गरी सत्य तथ्य पत्तालगाउ, शान्ति सुव्यवस्था कायम गरी समाजलाई सभ्य सुशासित बनाउ , कानुनको कार्यान्वयन तथा भयरहित वातावरणको निर्माण गराै , जस्ता प्लेकार्ड लिएर -यालीमा सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप बगडिया, विशीष्ट अतिथी उप-प्रमुख भुमा पराजुली, प्रमुख प्रशासकिय अधिकृत नवराज कार्की , इलाका प्रशासन कार्यालय रंगेलीका उपेन्द्र राई सशस्त्र प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल अधिकारी, समुदायक प्रहरी अध्यक्ष मचिन्द्र कटुवाल , स्काउट , बिधालय का बिध्यार्थि , विभिन्न संघ सस्था, क्लब, युवा संजालको प्रतिनिधि लगायतका उपस्थित रहेको थियोे । रंगेलीका मातहत कार्यालयको जिम्मेवार क्षेत्र भारतसंग खुला सिमानाकाबाट जोडिएको हुनाले नेपालमा प्रतिबन्धित लागु औषधहरु भारतबाट ल्याई नेपालका सिमावर्ती क्षेत्र तथा अन्य क्षेत्रका युवा पुस्ताहरु माझ बिक्रि बितरण गरी कुलत दुर्व्यसनि बढ्दै गएको पाईन्छ। सामाजिक विकृतिको रुपमा रहेको लागु औषधको बढ्दो दुर्वयसनीका कारण सेवनकर्तामा विभिन्न मानसिक, शारिरीक असर पर्नुका साथै समाजमा समेत नकारात्मक प्रभाव देखिन आएको हुँदा लागु औषध विरुद्ध सचेतना फैलाउने उद्धेश्यसाथ आफु हरु अगाडि बडेकाे प्रहरी निरिक्षक शैलेश न्याैपाने ले बताए । पछिल्लो समयमा रक्सी र सुर्तीको सेवन लागुऔषध को पहिलो खुट्किलो भएको र यसको सेवनलाई समेत लागु औषधको रुपमा रहेकाे हुनाले मानसिक चेतना, नियन्त्रण र निर्मुलिकरण गरिनु जरुरी रहेको सहभागी हरु ले बताए ।