रंगेली १७ जना काेराेना पाेजेटिव ।। कुन वाडमा कति ?
बैशाख २२ मंगलबार
रबिन्द्र बराल
कोरोना संक्रमणको दोस्रो लहर चलेयता साेमबार सम्म मा रंगेली नगरपालिका भित्र १७ जना काेराेना सङ्क्रमित भेटिएका छन । ३० बर्ष देखि ७८ बर्ष सम्मका बिरामी हरु रहेका छन । अहिलेसम्म रंगेली नगरपालिका भित्र :- वडा नम्बर १ मा ३ जना, २ मा ६ जना , ३ मा १ जना , ४ मा २ जना, ५ मा २ जना ७ मा २ जना र ९ मा १ जना काेराेना पाेजेटिव रहेका छन ।१ जना निकाे भएर घर समेत फर्कि सकेका छन । भने बाँकी बिरामी हरु हाेम आईसुलेशनमा उपचार गराई रहेको र सबै स्वास्थ्य अवस्था सामान्य रहेको रंगेली स्वास्थ्य शाख प्रमुख ब्रजेश मेह्ता ले बताए । काेराेना सङ्क्रमण दिन प्रतिप्रतिदिन बडदै गएता पनि रंगेली नगरपालिकाले भने काेराेना नियन्त्रणका बिषयमा कुनै कदम चालेकाे देखिदैन । एक सात अगाडि cmc काे बैठक मा तिरुपति बालाजि मंन्दिरमा एक सय बेड काे आईसाेलेसन राखिने भनिएत पनि अहिलेसम्म कुनै चासाे देखाएको छैन । नेपाल सरकारले विवहा पाटिमा २५ जना भन्दा बडि भेला नहुन दिने भनिएता पनि माेरङकाे सिमाबर्ति क्षेत्र काे रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका , धनपालथान गाउँ पालिका, र रतुवामाई नगरपालिका मा भने विवहा भाेज, पासनि जस्ता कार्यक्रममा सयौं जनाकाे उपस्थित समेत हुने गरेका छन । साे विवहा मा भारतका आफन्त हरु काे उल्लेख्य सहभागी समेत हुने गरेकाे पाईएकाे छ । नगरपालिकाले हरुले आफ्नाे नगर भित्र विवहा मा २५ जना भन्दा कम उपस्थिति का लागि कडाइ नगर्दा काेराेना काे बिरामी समेत बडने र सिमावर्ति क्षेत्रमा गाउँ घरमा समेत काेराेना महामारीको रुपमा भयावह अवस्था आउन सक्ने समेत देखिन्छ । भारत बाट पछिल्लो समयमा भारती नागरिक हरु नेपाल काे सिमावर्ति क्षेत्र काे वजार मा आउने गरेका ले काेराेना सर्न हाे कि भन्दै स्थानीय चिन्तित बनेका छन । जनस्वास्थ्य कार्यलयक माेरङ का अनुसार चैत महिना यता १९ हजार १९५ जनाको परीक्षण गरिएकामध्ये ३ हजार ६८३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २९६ जना मात्रै रिकभर भएका छन् । प्रदेश १ मा पहिलो र दोस्रो लहर गरि जम्मा २ लाख ४५ हजार ४१२ जनाको परीक्षण गरिएकोमा ३३ हजार ९४१ संक्रमित फेला परेका छन् । जसमध्ये प्रदेश एकमा साेमबार सम्म ५०७ जनाको मृत्यु भईसकेको छ ।