रबिन्द्र बराल ।
असार ७ मोरङ ।‌ माेरङकाे रंगेली नगरपालिकाले बजार क्षेत्रमा सडकको दायाँबायाँ मा बजारको सौन्दर्यता बढाउने उदेश्य ले बृहत वृक्षारोपण सुरु गरेको छ । वृक्षारोपण अभियानमा रंगेली नगरपालिका मेयर दिलिप वगडियाले वृक्ष रोपण गर्दै कार्यक्रमको शुरुवात गरेका छन । नगरले नेपाल– भारत बोर्डों प्रवेश क्षेत्र चोप्राह हुदै निचामारी बक्राह पुल सम्म काे करिव ४ किलोमिटर मा वृक्षारोपण गर्ने सुरु गरेकाे हाे । मेयर वगडीयाले वातावरण मैत्री र बजारको सौन्दर्यता संगै बोटविरुवाले अक्सीजन दिने हुदा नगरबासीको स्वास्थ्यलाई समेत राम्रो हुने उद्देश्यले नगरपालिकाले बृक्षाराेपण कार्यक्रम सुचारु गरेको हाे ।

उपभोक्ता समितिका अध्यक्ष मनोज कुमार अग्रवालले सडकको दाया बाया दुवै तर्फ बजारलाई सौन्दर्यता दिने र वातावरणलाई स्वच्छ राख्न विभिन्न प्रजातिका विरुवा हरु रोपीने योजना रहेको बताए । वन तथा भु संरक्षण विभाग र रंगेली नगरपालिकाको साझेदारी र रंगेली नगरपालिकाको ३० प्रतिशत लगानी सहित करिव ५९ लाख ८९ हजार ३ सय २५ रुपैयाको लगानीमा बृक्षाराेपण सुरु गरिएको हाे । साे क्षेत्रमा करिव १ हजार ६ सय विरुवा राेपिने र विरुका काे सुरक्षा काे लागि फलामे तारजाली सहित व्यवस्थित गरिएको समितिका उपाध्यक्ष शिशुपाल यादवले बताए । साे सडकमा ५ मिटरको दुरीमा मेन्गो स्ट्रीप, गुलमोहर, निम, शिरीष कपुर, ज्याक्यारेन्डा लगायतको विरुवा रोपिने भएको छ ।