रंगेली मा युवा संघ द्वारा बिराेध प्रदर्शन

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल.


नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रंगेली नगरपालिका काे कमिटीले बुधबार विरोध प्रर्दशन गरेको छ । रंगेली काे बसपार्क मुख्य बजार हुदै रंगेली काे कालिमंन्दर प्राङ्गणमा आएर काेण सभामा परिणत भएको थियोे । राष्ट्रिय युवा संघ, अनेमासंघ र अनेरास्ववियुका कार्यकताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर, संविधान र लोकतन्त्रको रक्षा गर, लिपुलेक-कालापानी र लिम्पियाधुरा फिर्ता गर, अपराधीक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई कारबाही गर, विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर लगायतका लिखित नारा बोकि सरकारविरुद्ध प्रर्दशन गरेका थिए । कोण सभालाई अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य तथा अनेरास्ववियु रापस विशाल पराजुली युवा संघ रंगेली नगर कमिटि अध्यक्ष क. बमलाल सवास खेलकुद महासंङ रंगेली नगर कमिटि अध्यक्ष क. राम चिमरिया, अखिल महिला सघ मोरङ्ग जिल्ला कमिटि कोषाध्यक्ष क. उषा झा नेकपा एमाले रंगेली नगर कमिटि सचिव क. सन्तलाल सवास लगायत काे उपस्थिति समेत रहेको थियोे ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्