रबिन्द्र बराल ।
माेरङकाे रंगेली नगरपालिका ६ चाेप्राहा स्थित नेवा टाेल मा चट्याङ पर्दा एक जनाएको मृत्युु भएको छ ।
मृत्यु हुने मा रंगेली ६ नेवा टाेलका २३ बर्षका नितेश राय काे रंगेली अस्पतालमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । घर नजिकै मा रहेको पिठारी काे रुख मुनि बसिरहेको बेलामा दिउँसो १ बजे चट्याङ पर्दा ४ जना घाइते भएका छन । घाइते हुने हरुमा २६ बर्षका रबिन मंण्डल, ५५ बर्षका अशोक मंण्डल, १७ बर्षका विजय मंण्डल र २५ बर्षिया संगिता यादव समेत घाइते भएका छन । उनिहरु काे रंगेली अस्पतालमा उपचार मा ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।