पुस २३ बिहीबार
रबिन्द्र बराल
नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा स्मार्ट मिटर रंगेली वितरण केन्द्र ले जडान कार्य सुरु गरेको छ । एशियाली विकास बैंक, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा स्मार्ट मिटर लगाउन सुरु गरेको छ। रंगेली वितरण केन्द्र ले आफ्नाे माहतहत्मा रहेकाे थि.फेज अन्तर्गत का ६ सय ५० जना ग्राहक हरुलाई ले प्रयोग गर्दे आईरहेकाे मेकानिकल थि. फेज मिटर लाई थि फेज स्मार्ट मिटरमा बदली गर्न प्राधिकरणले जनाएको छ। उक्त मिटर जडान का लागि एम.एस. ईलेक्ट्रोबाईट टेक्नोलोजि परा लि. तवसाल काठमाडौं ले साे थि फेज स्मार्ट मिटर बदली गर्ने ठेक्का समेत पाएकाे छ । स्मार्ट मिटर जडान गर्ने प्राधिकरणले कुनै पनि शुल्क नलिने र सम्बन्धित उपभोक्ताहरु ले निवेदन दिएमा साे मिटर जडान गरिने र साे कार्यमा खटिने कर्मचारीहरूलाई सम्धित उपभोक्त हरु ले सहयोग गरिदिने अपेेक्षा समेत रहेको रंगेली शाखा का प्रमुख अबधेश गुप्ताले बताए ।