रबिन्द्र बराल ।
माघ १९, रँगेली । “कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारः आधुनिक र समृद्ध रंगेलीको आधार” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले छात्रा हरु लाई साईकल बितरण गरेको छ । नगरले संस्थागत तथा सामुदायिक विद्यालयबाट २०७७ सालमा कक्षा १० (एसइई) उत्तीर्ण गर्ने छात्राहरू लाई साईकल वितरण गरेको हाे ।

नगरभित्र रहेका सामुदायिक तर्फका १२ बटा माध्यमिक बिधालयहरय बाट २ सय ९६ छात्रा र संस्थागत तर्फका ८ बटा बिधालय का १ सय ५ जना छात्रा हरु लाई साईकल बितरण गरेको छ । बिधालय मा अध्यनरत बिधार्थि हरु मध्ये ७७ साल काे एसइई मा ४ सय १ जना छात्रा हरुलाई साईकल बितरण गरेको छ । नगरले गत बर्षकाे बार्षिक बजेट बाट साे साईकल खरिद गर्ने निर्णय गरेपछि साईकल खरिद गरेर बितरण गरेको हाे ।

नगरपालिका काे प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे नगरपालिका साईकल बितरण गरेको हाे । कार्यक्रममा काे प्रमुख अतिथि नगर प्रमुख दिलिप बगडिया उपमेयर केशव कुमारी खराल, कार्याकारी अधिकृत नवराज कार्की , बडा अध्यक्ष रामचन्द्र मंण्डल, रुपेश मंण्डल, कृष्ण भट्टराई , शिक्षा अधिकृत रबिन्द्र पंण्डित , सुनिल साह, कार्यपालिका सदस्य शंकर साह, संस्थागत बिधालय का शिक्षक बिकर्ण कार्की , भक्तराज सुब्बा, बुद्धिजीवी सुरेश मिश्र , अबिभावक, बिधार्थी, लगायत काे उपस्थिति समेत रहेको थियो ।

कार्याक्रम का प्रमुख अतिथि ले भने नगरपालिकाले ४ सय १ जना छात्रा हरुलाई पठनपाठन काे लागि आवतजावत गर्ने र बिधालय सम्म पुग्नका लागि सहज र सरल र छात्रा हरु ले अझै राम्रो संग पढेर समाज र देशकाे लागि केही गर्ने सक्ने हाैसला बढाउन काे लागि नगरले साईकल बितरण कार्यक्रम राखेकाे बताए । त्यसैगरी आगामी दिन हरुमा समेत अब आउने जनप्रतिनिधि हरु ले यस्तो कार्यक्रम लाई निरन्तरता दिन समेत अग्रह गरका छन । नगरले ४ सय ७ थान साईकल खरिद का लागि सान्यो इन्टरनेशनल प्राइभेट लिमटेड काठमाण्डाै ले ठेक्का दिएको थियो । कम्पनी ले ३३ लाख ९१हजार ८ सय ३६ रुपैयाँ भ्याट सहित टेन्डर पाएकाे हि । साईकल मा कार्यक्रम सहभागी हरुले यसरी नगरपालिका ले सामुदायिक र संस्थागत बिधालय लाई एक रुपता का साथ हेरेकाेमा नगरपालिकालाई धन्यवाद समेत दिएका छन ।