
रबिन्द्र बराल
मोरङ रंगेली नगरपालिका काे बडा नम्बर ७ स्थित मुख्य बजार मा ट्रिपर काे ठक्करबाट एक काे मृत्युु भएको छ । पुर्व बाट पश्चिम तर्फ जादै गरेको बा ४ ख ३४९३ नम्बरको ट्रिपर ले ठक्कर दिदा साेहि दिशा बाट जादै गरेको प्रदेश नम्बर १-०२-०४३प ८०११ नम्बरको माेटरसाईकल लाई ठक्कर दिदा रतुवामाई नगरपालिका ६ सौठा बस्ने वर्ष ४२ का तिलक राज खड्का काे उपचार काे क्रममा रंगेली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिपर चालक धनपालथान गाउँ पालिका ६ बस्ने वर्ष ३९ बिध्या सागर राय ईलाका प्रहरी कार्यलय काे नियन्त्रणमा रहेको र मृत्युक काे लास पाेष्माटम का लागि रंगेली अस्पतालमा राखिएको रहेको प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।