बुधबारदेखि गौरादहमा पनि सेमि लकडाउन

पढ्न समय: 1 मिनेट

कार्तिक २५ झापा । झापाको गौरादहमा भोलीदेखि सेमि लकडाउन हुने भएको छ । आज नगरपालिकामा भएको सर्वदलीय बैठकले भोलिदेखि लागुहुने गरी बेलुकी ५ देखि बिहान ५ बजेसम्म पसल, बजार, यातायात सहितका सबै साधन बन्द गर्ने निर्णय गरेको कुरा नगरपालिकाका प्रबक्ता नगेन्द्र भण्डारीले जनाएकाछन् । भोलि बुधबारदेखि अर्को सुचना जारी नभएसम्म बन्द जारी रहने कुरा उनले बताएका छन् ।रहने छ । यसै गरि सर्वदलीय बैठकले संक्रमितलाई अस्पताल सम्म पुर्याउन नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएकालाई ल्याउनका लागि नगरपालिकाले नै शव बहानको व्यवस्थापन गर्ने र आँशिक निषेधाज्ञाका लागि जिल्ला प्रसासनसँग माग गर्ने समेत निर्णय गरेको कुरा प्रवक्ता भण्डारीले जनाएका छन् । गौरादहमा हाल सकृय सँक्रमित ५० जना रहेको र अहिलेसम्म संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्