दोहोरो सुविधा लिँदै गौरीगञ्जका वडाध्यक्ष हरु


जेठ ३०, गौरीगञ्ज । गाउँ तथा गाउँसभा का सदस्य हरुको सुविधा सँबन्धी ऐन २०७५ बिपरित गौरीगञ्ज गाउँपालिका का वडाध्यक्ष हरुले दोहोरो सुविधा लिइरहेको पाईएको छ । वडाध्यक्ष हरुले सो ऐनमा उल्लेख भए अनुसार यातायात खर्च लिएर पनि पुन: बार्षिक प्याट्रोल खर्च लिएको देखिएको छ ।
वडाध्यक्ष हरुले दोहोरो सुविधा लिएको पाईएपछी आ.ब. ०६७-७७ को महालेखा परीक्षकको को प्रारम्भिक प्रतिवेदन मा उनिहरुले प्याट्रोल वापतको लिएको बार्षिक रु २ लाख ७६ हजार रुपैंया बेरुजु देखाएको छ ।

प्रतिबेदनमा देखाइएको बेरुजु


प्रतिवेदन अनुसार वडा नँ १ का वडाध्यक्ष को नाममा ३६ हजार र बाकी ५ वटै वडाध्यक्ष हरुको नाममा जनही रु ४८ – ४८ हजार रुपैंया बेरुजु देखाएको छ । प्रतिवेदन अनुसार वडा नँ १ का वडाध्यक्ष ले प्याट्रोल खर्च वापत मासिक रु ३ हजारका दरले र अन्य वडाध्यक्ष हरुले मासिक रु ४ हजारका दरले प्याट्रोल वापतको खर्च लिदै आएको देखिन्छ । जबकी दुरीको हिसाबले वडा नँ १ सबै भन्दा टाँढाको वडा हो ।
बेरुजु देखाएको रकम सँबन्धित वडाध्यक्ष हरुबाट भराउने तयारी भएको कुरा श्रोतले जनाएको छ ।
यसअघि का तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहालले प्याट्रोल वापतको रकम वडाध्यक्ष लाई दिन नमिल्ने वताएपछी गत भदौमा दाहाल र वडाध्यक्ष हरु बीच कार्यपालिका बैठकमै बिवाद भएको थियो । सोहि बिवादका कारण दाहालको बिदाईमा वडाध्यक्ष हरु उपस्थिति भएका थिएनन् ।

अघिल्लो लेखमागौरादह नगरपालिका : ऐन बन्यो तर कार्यन्वयन भएन
अर्को लेखमाझापामा असार देखि निषेधाज्ञा खुकुलो