ठेक्केदार काे लापरबाही ले रंगेलीकाे दाेहमना बजारमा निर्माण सुरु भएको कृषि भवन अलपत्र

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल ।
माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना बजारमा पुरानाे घर टहरा हरु हटाएर नयाँ बनाउन सुरु गरेकाे ७ महिना बितिसक्दा समेत काम ले गति लिन सकेको छैन । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय • नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना ललितपुर ले पशु बजारको निर्माण काे लागि घिसिङ श्रीखण्डपुर वि. आई. एस. जेभी धुलिखेल लाई उक्त भवन बनाउने ठेक्का दिएको थियो । तर ठेक्का काे सम्भाैता भएको सात मिहना बितिसक्दा समेत २० प्रतिशत काम समेत हुन सकेको छैन ।

नेपाल सरकारले कुल ३ करोडौं ५० लाख ३५ हजार ८ सय ५६ रुपैयाँ बराबरको लागतमा दाेहमना बजार काे घर टहरा निर्माणको ठेक्का दिएको हो । २०७७ माघ १८ गते सुरु गरेर २०७८ पुस १८ गते सम्पन्न गरि सक्नुपर्ने भएता पनि ठेक्केदार काे ढिला सुस्तिका कारण ले समय अबधि मै भवन निर्माणकार्य सम्पन्न हुने कुनै छाँटकांट देखिएको छैन । घिसिङ श्रीखण्डपुर वि. आई. एस. जे. भी धुलिखेल का प्रमुख मातृका चाैलागाई का अनुसार पेटि ठेक्केदा लाई काम जिम्मा लागाएकाे हुनाले उनी हरुका कारण काम मा ठिलाई भएको स्विकार गर्दे र अब चाडैं नै आफ्नै कम्पनी बाट काम अगाडि बडाउने उनलेे वताएका छन् ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्