माघ ५, गौरीगञ्ज । कोरोना का कारण रोजगारी गुमाएका हरुको नाममा आएको राहत रकम गौरीगञ्ज वडा नँ ५ का वडाध्यक्ष लगायत वडा सदस्य हरुले आआफ्ना मान्छे हरुलाई वितरण गर्न लागेको आरोप स्थानीय हरुले लगाएका छन् । वडा कार्यालय ले राहत पठाउने हरुको नामावली प्रकाशन गरेपछी स्थानीय हरुले सो आरोप लगाएका हुन् । उनिहरुले यसबारे पुनर्बिचार गरियोस् भनि बुधबार वडा कार्यालयमा निवेदन समेत दर्ता गराएका छन् । २८ जना स्थानीय हरुले हस्ताक्षर गरि बुझाएको सो निवेदनमा पुन: कोभिड प्रभाबित प्रमाणित गर्न माग गरिएको छ ।

निबेदक मध्ये का एक विष्णु राजवंशी का अनुसार वडाध्यक्ष लगायत वडा सदस्य हरुले आ-आफ्ना कार्यकर्ता र आफन्तहरुलाई मात्र छनौट गरि राहत पाउनेहरुको नामावली प्रकाशन गरेपछी आफुहरुले उजुरी दर्ता गराएको बताएका छन् ।

कोभिडका कारण प्रभावित भएका तथा रोजगारी गुमाएका हरुलाई लक्षित गर्दै सँघिय सरकारले कोरिना प्रभाबित परिवार ले राहत स्वरुप प्रति परिवार रु १० हजारका दरले रकम पाउने गरि वडा नँ ५ लाई ७५ परिवार का लागि राहत पठाएको हो । यो राहत गौरीगञ्जका अन्य वडाहरुमा समेत पठाएको छ ‌।

यसबारे वडाध्यक्ष बिजय सिँह गन्गाई लाई सम्पर्क गर्न खोज्दा उनि सँग सँपर्क हुन सकेन । वडा सचिव सुमन रेग्मी का अनुसार ७५ परिवार का लागि राहत आएपनि सो का लागि १ सय ५० भन्दा बढिले आबेदन दिएको र प्राप्त आबेदन हरु मध्ये बाट वडाध्यक्ष लगायत जनप्रतिनिधि हरुले नै सो को छनौट गरेका ले आफु यसबारे अनभिज्ञ रहेको बताएका छन् ।