
रबिन्द्र बराल ।
जेठ २७ रँगेली । माेरङकाे रंगेली ,डाईनियाँ, कर्सिया, रामचाेक लगायत सिमावर्ति क्षेत्रका विवाहित हिन्दु , मैथिल नारी हरु ले धुमधाम का साथ वटसावित्री पर्व मनाएका छन । रंगेली नगरपालिका ७ आर्दश टाेल शुक्रबारेमा रहेकाे वर काे रुखमा पुजाका लागि टकुवा,तित्रिटाेल,सहुटाेल लवटाेली लगायत का महिला हरु विशेष पुजाआजा गर्ने आएका थिए । सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेष्ठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको जन विश्वासका साथ यो पर्व मनाउने गरेका हुन ।
जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत वसि उनी हरु ले वरको रुख फेदमा बर्तालु हरुले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्ने गरेका छन ।सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको पाईन्छ । बिवाहित महिला हरु ले नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर मा आएर ब्राह्मण हरुले सावित्री कथा वाचन गर्ने र ब्रतालु हरुले कथा श्रवण गर्ने यो व्रत परम्परा रहेको छ ।साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई साटासाट गरेका थिए ।