जेठ २८ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ४ मा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मा बढि श्रमिक देखाएर रकम हिनामिना गरेको, श्रमिकको मोवाइल बैँकिङ को पासवर्ड दुरुपयोग गरि आफ्नो खातामा रकम ट्रान्सफर गरेको आरोप लागेका वडाध्यक्ष कुलप्रसाद गिरी का छोरा खुम गिरी ले कारवाही छल्न श्रमिकहरुको घरघरमा गई उनिहरुको रकम फिर्ता गर्न थालेको कुरा पिडित श्रमिक हरुले बताएका छन् । उनि बिरुद्ध श्रमिकहरुले गत १६ गते न्यायिक समिति मा उजुरी दिएका थिए । उजुरी परेको १० दिन भन्दा बढि भइसक्दा समेत न्यायिक समिति ले न्याय निरुपण गर्न चासो देखाएको छैन । आरोपित गिरीलाई उन्मुक्ति दिन न्यायिक समिति का सँयोजक दिपेन्द्र थापाले दुइ दिन भित्र श्रमिक हरुको पैसा फिर्ता गर्न भनेकाले र उनले मोबाइल बैंकिङ को पासवर्ड दुरुपयोग गरि कामदारहरुको खाताको रकम आफ्नो नाममा ट्रान्सफर गरेको प्रमाण सहित गौरीगञ्ज दर्पण डटकम मा फलोअप समाचार प्रकाशित भएपछि अहिले घरघर गएर श्रमिक हरुको ज्याला फिर्ता गरिरहेको बुझिएको छ । । स्वरोजगार कार्यक्रम अन्तर्गत काम गरेको ३५ दिनको ज्याला गाउँपालिका बाट निकासा भएर अहिले बल्लतल्ल आफ्नो हातमा परेपछी श्रमिकहरुले बाँकी १३ दिनको ज्याला बैँक मार्फत भुक्तानी नगरि आफुहरुलाई रोजगारी शाखाले हातोहात भुक्तानी दिदा राम्रो हुने मनसाय व्यक्त गरेका छन् । बैँक मार्फत भुक्तानी दिए फेरी आफुहरुको पासवर्ड दुरुपयोग भइ ज्याला आफ्नो हातमा नआउने शँका उनिहरुले गर्न थालेका छन् ।
“न्यायिक समिति ले न्याय दिन ढिलो गरेको छ । बाँकी १३ दिनको ज्याला पनि बैँक मार्फत गए फेरी हाम्रो रकम अरुले झिकिदिने डर छ ।” पिडित मध्ये काबृकलाल ताजपुरिया ले बताए । बैँक मार्फत भुक्तानी दिए पनि खुम गिरी ले रकम नझिक्ने र सट्टामा काम गर्ने श्रमिकहरुलाई बैँकमा रकम जम्मा भएको दुइ दिन भित्र आरोपित खुम गिरीले चेक साटेर भुक्तानी दिनुपर्ने सर्तनामा कागज गरेर मात्र १३ दिनको रकम भुक्तानी गरिदिन पिडित श्रमिक हरुले मनसाय व्यक्त गरेका छन् ।
योपनि पढ्नुहोस् –