
नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गौरीगञ्ज वडा नँ ३ को नतिजा सार्वजनिक भएको छ । क्षेत्रिय प्रतिनिधि खुल्ला तर्फ घनश्याम रिजालले १५८, निरज अग्रवाल ले १५६, मखना महतोले १२१, शोभाकान्त दासले ११२, राजेन्द्र कार्की ले १११ र दिपेन्द्र थापा ले ११० मत ल्याएर विजयी भएका छन् । उनिहरुका प्रतिद्वन्दी बरुण यादव ले ८९, केदार भण्डारी ले ८१, कमरुद्दिन मियाले ७९, र मोहन भण्डारी ले ६० मत पाएका छन् ।
खसआर्य तर्फ दिपक गर्तौलाले १०९ मत ल्याइ बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी बिष्णु फुयाँलले ५५ र जगन्नाथ आचार्य ले ३७ मत पाएका छन् ।
महिला क्षेत्रिय प्रतिनिधि तर्फ हेमा आचार्य ले १२०, कल्पना थापा ले ११६ र रिना दासले १०१ मत ल्याएर विजयी भएका छन् । उनिहरुको प्रतिद्वन्दी लक्ष्मी देवी अधिकारी ले ८९, लिला गिरीले ७० र सिता पोख्रेल ले ५३ मत पाएका छन् ।
आदिवासी जनजाति प्रतिनिधि तर्फ देबीप्रसाद राजवँशीले १३५ र तेजनारायण ताजपुरिया ले १२१ मत ल्याएर निर्वाचित भएका छन् । उनिहरुको प्रतिद्वन्दी शँकर ताजपुरिया ले ९० मत पाएका छन् ।
मधेसी प्रतिनिधि तर्फ पवन दासले ७५ मत ल्याएर निर्वाचित भएका छन् । उनको प्रतिद्वन्दी दिपक साहले ४४, अर्जुन महतो ले ४१ किशोरी साहले २२ र जितेन्द्र यादवले १९ मत पाएका छन् ।
दलित प्रतिनिधी तर्फ देवनारायण मोचीले ८७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी शँभु पासवान ले ६१ र सँगिता बिकले ५१ मत ल्याएका छन् ।
यसअघि वडा सभापति मा यादव श्रेष्ठ ले १३२ मत ल्याएर प्रतिद्वन्दी गँगा राजबँशीलाई ५६ मतको अन्तरले पराजित गर्दै निर्वाचित भइसकेका छन् भने वडा सचिव मा भक्ति तिम्सिना ले १५० र केमा महतोले १११ मत ल्याएर विजयी हासिल गरिसकेका छन् ।