भदौ २३, गौरीगञ्ज । कन्काई नदिको बाध भत्किएर नदिको भगालो गाउँतिर पसेपछि बिस्थापित बनेका गौरीगञ्ज १ का चार परिवार लाई बुधबार राहत वितरण गरिएको छ । रेडक्रस सोसाइटी झापा ले सो बिस्थापित परिवार हरुलाई राहत बितरण गरेको हो । प्रति परिवार १ बोरा चामल, १ बोरा भुजा, दाल तेल सावुन लगायतका सामग्री हरु बितरण गरिएको कुरा रेडक्रस सोसाइटी गौरीगञ्ज का एक पदाधिकारीले बताए ।

राहत बितरण कार्यक्रममा रेडक्रस उपशाखा गौरीगञ्जका सभापति कैलास मास्के लगायतका प्रतिनिधि हरु , वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी, वडा सदस्यहरु टँक श्रेष्ठ राजभक्त सुनुवार लगायतको उपस्थिति रहेको थियो ।