रबिन्द्र बराल
माेरङकाे रंगेली अस्पतालमा सन्चालन भएको काेविड अस्पताल लाई ईशान्त फर्मेसी द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रंगेली बडा नम्बर ७ शुक्रवारेमा रहेकाे ईशान्त फर्मेसी ले नेपाल मा दाेस्राे लहरकाे काेराेना भाईरस का कारण आक्रन्त बन्दै गरेकाे र अग्रपंक्तिमा काम गर्दाे आईरहेका स्वास्थ्यकर्मी हरु लाई स्वास्थ्य सामाग्री का कारण काम गर्नका लागि सहज र सरल हाेस भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
काेविट अस्पताल लाई का मेसु राेहेन्द्र पाण्डे तथा स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता काे राेहवरमा ५ हजार थान मास्क , १ सय २० थान सेनिटाईजर , ४ प्याकेट ग्लाेवस , ५० थान फेस-सिलड , एक सय काटुन खानेपानी, र एक सय अक्सिजन सिलीनडर रीफिल गर्न नगद ४० हजार रुपैयाँ समेत गरि डेर लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको
ईशान्त फार्मेसी का प्रोप्राइटर अजय कुमार मंण्डल ले बताए । काेराेना भाईर तिव्र रुपमा फैलिदै गएकाे र स्वास्थ्य सामाग्री खरिद गर्ने समेत नपाई रहेकाे अवस्थामा यसरी दाता हरु ले स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे र स्वास्थ्यकर्मी काे काम गर्ने हाैसला समेत प्रदान गरेको रंगेली अस्पताल का मेसु राेहेन्द्र पाण्डेले बताए ।